न्युर्योक। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एकपछि अर्को समस्याले घेर्न थालेका छन् ।
अहिले फेरी ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने भएको छ ।
ह्वाइट हाउस छाडे पछि पनि ट्रम्पले सयौं गोप्य दस्तावेज आफूसँग राखेको आरोप छ । र, साथै गलत अभिव्यक्ति पनि दिएका छन् । जसका कारण अनुसन्धान एजेन्सीहरूले ट्रम्पविरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन्।
मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छाडेपछि नेशनल अर्काइभ्सले उनी र उनको टोलीले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो। केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए ।
यसैबीच, उनीविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर उनले कहिल्यै सोचेका थिएनन् अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ। म निर्दोष छु।’
अमेरिकामा राष्ट्रपतिदेखि कुनै पनि सङ्घीय अधिकारीले गोप्य दस्तावेजलाई हटाउने वा अनधिकृत स्थानमा आफूसँग राख्नु कानुनविपरीत काम हो। कानुनविद्हरूले पछिल्लो अभियोगले आगामी राष्ट्रपतीय चुनावमा लड्नसक्ने ट्रम्पको चाहनामा धक्का लाग्नेछ।