५ असोज २०८०, शुक्रबार

लुम्बिनीको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने

लेखाजोखा न्यूज

२६ जेष्ठ २०८०, शुक्रबार ८:३८

दाङ। लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो । जसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भए पछि सोही अनुसार तयारी गरेको प्रदेश संसद सचिवालयले जानकारी दिएको छ ।

‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend