५ असोज २०८०, शुक्रबार

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत फेला

लेखाजोखा न्यूज

२३ जेष्ठ २०८०, मंगलबार २:२१

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् । कार्यालयका सुरक्षाकर्मी धनबहादुर राना आज बिहान झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको नयाँ भवनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ ।

शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको गौशलाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताए । खड्काका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend