५ असोज २०८०, शुक्रबार

रविको उपस्थिति बिनै रास्वपा संसदीय दलको बैठक, के के छन् एजेण्डा ?

लेखाजोखा न्यूज

१८ जेष्ठ २०८०, बिहिबार १२:३३

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे संसदीय दलको बैठक बसेकाे छ।

बैठक बिहान १२ बजेदेखि सुरु भएकाे छ।

संसदीय दलका नेता रवि लामिछाने भने नेपालमा छैनन्, उनी पत्नी निकिता पौडेलसहित बुधबार भारतको मुम्बई पुगेका छन् ।

उनले उनले उपनेता विराजभक्त श्रेष्ठलाई संसदीय दलको जिम्मेवारी दिएका छन् । बिहीबार (आज) को संसदीय बैठक श्रेष्ठको सभापतित्वमा बसेकाे हाे ।

बैठकमा सांसद क्षेत्र विकास कार्यक्रम र नागरिकता विधेयकका बारेमा पार्टीको धारणा तय गर्ने एजेण्डा रहेको छ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend