५ असोज २०८०, शुक्रबार

मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित

लेखाजोखा न्यूज

१८ जेष्ठ २०८०, बिहिबार ११:५६

काठमाडौं । मलेसियाविरुद्धको महिला टी–२० सिरिजको तेस्रो खेलमा नेपालले मलेसियालाई हराउँदै  दोस्रो जित  निकालेको छ।

मलेसियाको युकेएम ओभल मैदानमा  भएकाे खेलमा नेपालले घरेलु टोलीविरुद्ध २७ रनले विजयी भएको हो। १११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो।  मलेसियाका लागि मिरा इस्मालीले ४४ रन बनाइन भने विनफेडले २० रनको योगदान गरिन्।

नेपाली बलर सीता रानामगर, इन्दू बर्मा र कविता कुँवरले एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले मलेसियालाई १ सय ११ रनको विजयी लक्ष्य दिएको थियो।  नेपालले  निर्धारित ओभरमा ५ विकेट गुमाएर ११० रन बनायो। नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन्। ज्योती पाण्डेले २३ रन बनाउँदा सिता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाए।

मलेसियाका लागि निक नुरले २ तथा एइसा एलिसा र विनफ्रेड एनीले एक एक विकेट लिए।

नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। पाँच खेलको श्रृंखलामा नेपाल २–१ को अग्रता बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend