५ असोज २०८०, शुक्रबार

नक्साबारे प्रधानमन्त्री दाहालको प्रश्नमा के भने भारतीय अधिकारीले ?

लेखाजोखा न्यूज

१८ जेष्ठ २०८०, बिहिबार ११:२१

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद् भवनमा राखिएको नक्साबारे चासो राख्दै भारतीय सुरक्षा अधिकारीसँग प्रश्न सोधका छन्।

भ्रमणको पहिलो दिन बुधबार दाहालल आएका भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग प्रधानमन्त्री प्रचण्डले नक्सामा नेपाली भूमि समेटिएकोबारे प्राथमिकता दिदैँ चासो राखेको प्रधानमन्त्रीको टोलीमा रहेका एक सदस्यले बताए ।

डोभाल र विदेश सचिव क्वात्रासँगको अनौपचारिक कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नक्साबारे चासो व्यक्त गर्दा भारतीय पक्षले नक्सालाई राजनीतिक रूपमा नभई सांस्कृतिक रूपमा मात्रै बुझ्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको टोलीमा रहेका एक सदस्यले भने, ‘प्रधानमन्त्रीलाई स्वागत गर्न मौर्य होटलमा बुधबार आउनुभएका डोभाल र क्वात्रासँग प्रधानमन्त्रीले नक्साबारे अनौपचारिक कुराकानी गर्नुभएको हो ।’

ती सदस्यका अनुसार जवाफमा भारतीय पक्षले नक्सालाई राजनीतिक रूपमा नबुझ्न आग्रह गरेका थिए । ‘नक्सालाई राजनीतिक रूपमा नबुझिदिएर सांस्कृतिक रूपमा बुझ्नुहुनेछ भन्ने हामीलाई विश्वास छ’, भारतीय पक्षको भनाइलाई उद्धृत गर्दै श्रोतले भन्यो, ‘नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो नै छ ।’

त्यसपछि प्रधानमन्त्री प्रचण्डले भारतले राखेको नक्सापछि नेपालको संसद्मा पनि ग्रेटर नेपालको नक्सा राख्ने चर्चा सुरु भएको बताएका थिए । ‘भारतले जसरी हामीले पनि ग्रेटर नेपालको नक्सा राखे के हुन्छ ?,’ प्रधानमन्त्रीको प्रश्न थियो । त्यसपछि दुई पक्षबीच दुई देशबीचको सम्वबन्धका अन्य आयामबारे समेत कुराकानी भएको थियो ।

नेपालका भूमि कपिलवस्तु र लुम्बिनीलगायतका क्षेत्र समेत समेटेर भारतले ‘अखण्ड भारत’काे नक्सा भन्दै आफ्नो संसद्मा राखेपछि नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ । नेपाली जनताले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो भारत भ्रमणका बेला सो नक्साबारे भारतीय पक्षसँग छलफल गर्न र हटाउन आग्रह गर्न दबाब दिँदै आएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend