५ असोज २०८०, शुक्रबार

मलेसियालाई नेपालले दियो १११ रनको लक्ष्य

लेखाजोखा न्यूज

१८ जेष्ठ २०८०, बिहिबार १०:२९

काठमाडौं ।  मलेसियाविरुद्धको महिला टी–२० सिरिजको तेस्रो खेलमा नेपालले मलेसियालाई १ सय ११ रनको विजयी लक्ष्य दिएको छ।

मलेसियासँगको तेस्रो टी-२० आईमा युकेएम ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले  निर्धारित ओभरमा ५ विकेट गुमाएर ११० रन बनायो।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन्। ज्योती पाण्डेले २३ रन बनाउँदा सिता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाए।

मलेसियाका लागि निक नुरले २ तथा एइसा एलिसा र विनफ्रेड एनीले एक एक विकेट लिए।

नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। पाँच खेलको श्रृंखलामा १-१को बराबरी भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend