५ असोज २०८०, शुक्रबार

चितवनमा बस दुर्घटना हुँदा २१ जना घाइते

लेखाजोखा न्यूज

१६ जेष्ठ २०८०, मंगलबार ७:२४

चितवन । पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका-५ पानीधारामा मंगलबार दिउँसौ पौने ४ बजेतिर बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेजमा, तीन जनाको कुरिनटारको स्थानीय अस्पतालमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend