५ असोज २०८०, शुक्रबार

रेशम चौधरीलाई दिइएको आममाफी विरुद्धको रिट सर्वोच्चमा दर्ता, भोलि सुनुवाइ

लेखाजोखा न्यूज

१६ जेष्ठ २०८०, मंगलबार ५:४५

काठमाडाैं । जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहका अदालतबाट टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

उक्त घटनामा परी मारिएका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बोहराकी पत्नी शारदा कडायतले रिट दिएकी हुन् । सरकारले चौधरीलाई आममाफी दिने निर्णय दिने तयारी गरेपछि कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् । तर, आइतबार दिएको रिट दर्ता भएको हो ।

उता, सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीलाई आममाफी दिएपछि उनी गणतन्त्र दिवसको अवसरमा सोमबार रिहा भइसकेका छन् । उक्त रिटमाथि बुधबार सुनुवाइ हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend