५ असोज २०८०, शुक्रबार

धनगढीबाट फरार एक जना प्रतिवादी पक्राउ

लेखाजोखा न्यूज

१६ जेष्ठ २०८०, मंगलबार २:५३

धनगढी । धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । चेक अनादर लेनदेन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–७ बेलीका ३६ वर्षीय मेलाराम रानालाई सोमवार पक्राउ गरिएको हो ।

उनलाई धनगढी–२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कैलाली जिल्ला अदालतले २०७८/०४/१० गते रानालाई ५ सय जरीवाना सजाय सुनाएको थियो। आवश्यक कारवाहीका लागि उनलाई कैलाली जिल्ला अदालतमा पठाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend