५ असोज २०८०, शुक्रबार

केही बेच्न छोडेनन् (कविता)

सुरेशराज जाेशी

१३ जेष्ठ २०८०, शनिबार ११:२०
छोडेनौ ब्यथा छोडेनौ मान्छे छोडेनौ पशुपती 
के गर्छौ होला धनको थुप्रो थुपारी त्यो बिधी ।।

वाइडबडी काण्ड ओम्नी काण्ड मानव तस्करी
घिन लाग्दा कृत जनले सुन्दा थुक्दछ्न बेस्सरी ।। 

लासको कात्रो मर्दाको मलम सबैमा कमिशन 
सबै थोक सकि पैसैका लागि मान्छे नै बेचेछ्न ।।

जमिन बेचे जहान बेचे केही बेच्न छोडेनन
झुटको खेती ढाँटको मेलो अरु केहि गरेनन ।।
 
बाहिर लुगा लगाई क्यार्छौ सर्वाङ्ग नाङ्गो भै 
अझै छ्न तिम्रा चर्का नै कुरा केही होईन भने झै ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend