१६ जेष्ठ २०८०, मंगलबार

‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

लेखाजोखा न्यूज

१३ जेष्ठ २०८०, शनिबार ८:४७

काठमाडौँ  । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ ।

जसअनुसार च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

दशरथ रङ्गशालामा हुने पहिलो खेलमा जावालाखेल यूथ क्लब र एपिएफ फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, दोस्रो खेलमा चर्च ब्वाईज र सङ्कटा क्लब आमने सामने हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend