काठमाडाैं । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनकाे १३ औं बैठक बस्न लागेको हो । बैठक ४ बजे बस्नेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने छन्। बैठकमा प्रधानमन्त्रीले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
यसअघि शुक्रबारको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगन भएको थियो।
आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षले पशुपतिनाथ मन्दिरको गजुरका विषयमा आधारहीन आरोप लगाएको भन्दै नेकपा एमाले सांसदले बेल घेरेका थिए।
सांसदले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले पटकपटक उनीहरूलाई बस्न आग्रह गरेका थिए। तर, सरकारबाट प्रष्ट जवाफ नआएसम्मसंसद् अवरोध भन्दै एमाले सांसदहरूले बेल घेराउ गरेका थिए।
त्यसपछि सभामुखले बैठक स्थगित गरी दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका थिए। विभिन्न चरणको सर्वदलीय बैठकसँगै बैठक पुनः साँझ ६ बजेका लागि बोलाइएको थियो।
तर सहमति हुन नसकेपछि बैठक शनिबार अपराह्न ४ बजे बस्नेगरी बोलाइएको हो।