१६ जेष्ठ २०८०, मंगलबार

रेशमलाई आममाफी दिन र नागरिकता विधेयक जारी गर्न किन्तुपरन्तु नगरौं : बाबुराम

लेखाजोखा न्यूज

१३ जेष्ठ २०८०, शनिबार ७:४५

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले रेशम चौधरीलगायतका नेताहरूलाई संविधान बमोजिम आममाफी दिन र नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट  जारी गर्न किन्तुपरन्तु गर्न नहुने बताएका छन्।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विधेयक  प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। त्यस्तै रेशक चौधरीलाई आममाफी दिने तयारी पनि सरकारको छ।

भट्टराईले ट्वीट गर्दै  चौधरीलाई आममाफी दिन  र  नागरिकताविहीन रहेका  जन्मसिद्ध बाबुआमाका सन्तानलाई  नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक  राष्ट्रपतिबाट छिटो जारी हुनुपर्ने बताएका हुन्।

‘लोकतन्त्र भनेको प्रक्रिया संगसंगै मुख्यतःजनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं,’ भट्टराईले लेखेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend