१६ जेष्ठ २०८०, मंगलबार

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

लेखाजोखा न्यूज

१३ जेष्ठ २०८०, शनिबार ७:३४

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आज (शनिबार) देखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’ बाट हुनसक्ने सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जसअनुसार शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चित कालीन निषेधित क्षेत्र घोषणा गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा रोक लगाइएको छ ।

‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’ जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend