काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति कार्यालयमा साउनदेखि थन्किएर बसेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न आग्रह गर्ने निर्णय गरेको हो। ‘संवैधानिक व्यवस्थाअनुसार १५ दिनभित्र राष्ट्रपतिले कुनै पनि विधेयक प्रमाणीकरण गर्नुपर्ने हुन्छ,’एक मन्त्रीले भने, ‘संविधानको व्यवस्थाविपरीत तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगरेर थन्क्याइएको नागरिकता विधेयक प्रमाणीकरण गर्र्न आग्रह गर्ने निर्णय भएको छ।’
यसअघि दुई पटक संसदबाट प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ जाँदा रोकेकी थिइन् । तर, यो प्रमाणिकरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले केही समयदेखि कानुनी परामर्श गरिरहेका छन् ।
यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बिषयमा पनि छलफल भएको ती मन्त्रीले बताए ।