१६ जेष्ठ २०८०, मंगलबार

मुम्बईलाई हराउँदै गुजरात फाइनलमा

लेखाजोखा न्यूज

१३ जेष्ठ २०८०, शनिबार ६:१६

काठमाडौं ।युवा ओपनर शुभमन गिलको शतक सहयोगमा साबिक विजेता गुजरात टाईटन्स मुम्बई इन्डियन्सलाई पराजित गरि १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल पुगेको छ ।

अब उपाधिका लागि आइतबार गुजरात र चेन्नई भिड्नेछन् ।

गए राती भएको दोस्रो क्वालिफायर खेलमा शुभमन गिलको तुफानी शतक र मोहित शर्माको बलियो बलिङमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।

पहिले ब्याटिङ गर्दै गुजरात टाइटन्सले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १८.२ ओभरमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो।

मुम्बईकालागि सूर्यकुमार यादवले सर्वाधिक ६१, तिलब बर्माले ४३ र क्यामरून ग्रिनले ३० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मुम्बई इन्डियन्सले यसअघि ६ पटक फाइनल खेल्दा ५ पटक उपाधि जितेर प्रतियोगिताकै सर्वाधिक सफल टोली भएको छ। गुजरात टाइटन्सका लागि मोहित शर्माले उत्कृष्ट बलिङ गर्दै मुम्बई इन्डियन्सको ५ विकेट लिए। मोहम्मद शामी र राशिद खानले पनि २–२ विकेट लिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend