२६ जेष्ठ २०८०, शुक्रबार

मिस नेपाल २०२३ को इन्टरनेट पार्टनरमा ‘सुबिसु’

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार ६:५७

काठमाडौं । जे म्युजिक एचडीद्वारा आयोजित मिस नेपाल २०२३ मा इन्टरनेट पार्टनरको रुपमा इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु रहेको छ ।

भोली हुने उक्त कार्यक्रममा प्रदान गरिने ‘मिस मल्टिमिडिया’ अवार्डका लागि सुबिसु इन्टरनेट पार्टनरको रुपमा रहेको हो ।

कार्यक्रममा प्रदान गरिने उक्त अवार्डको शिर्षक ‘मिस मल्टिमिडिया इन एसोसियन विथ इन्टरनेट पार्टन सुबिसु एन्ड ब्युटी पार्टनर स्किन आर्टस’ रहनेछ । यो अवार्ड सन् २०१८ मा श्रृङ्खला खतिवडा र सन् २०१९ मा अनुश्का श्रेष्ठले जितेका थिए ।

यो अवार्डको लागि मिस नेपालका सहभागीहरुलाई विभिन्न सामाजिक सञ्जाल विज्ञहरूबाट प्रशिक्षित गराइएको थियो । प्रशिक्षकहरूमा अनुश्का श्रेष्ठ, एकता तन्दुकार, जसवानी आर.एल राना, सोना अमात्य र बिकेन्द्र तिमिल्सिना रहेका थिए ।

यस प्रशिक्षणमा सहभागीहरूलाई सोसल मिडिया ब्रान्डिङ, व्यक्तिगत ब्रान्डिङ, भ्लगिङ लगायतका विभिन्न विषयमा तालिम दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend