२६ जेष्ठ २०८०, शुक्रबार

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे छलफल

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार ६:०९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको एजेन्डाबारे शुक्रबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । बैठकमा भ्रमणका क्रममा के–कस्ता एजेण्डालाई उठाउने भन्नेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार खासगरी भौतिक पूर्वाधार मन्त्रालय मातहतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्न भारत सरकारसँग आग्रह गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

भारत सरकारको सहयोगमा सन् २०११ देखि सो रेल वे ट्रयाक खोल्ने काम सुरु भएको थियो । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले उठाउने यसबाहेक अन्य केही महत्त्वपूर्ण एजेन्डाबारे पनि छलफल भएको ती मन्त्रीको भनाइ छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतदेखि २० गतेसम्म भारतको भ्रमण गर्ने तयारी गरेका छन् । भ्रमणको तयारीस्वरुप बिहीबार भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरसँग समेत भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend