२६ जेष्ठ २०८०, शुक्रबार

सुदूरपश्चिमबाट लागूऔषधसहित तीन जना पक्राउ

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार ५:३८

धनगढी । कञ्चनपुरको भीमदत्त र कैलालीको टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–९ खर्गौलाबाट लागूऔषधसहित जानकी गाउँपालिका–४ जानकी नगरका २१ वर्षीय दिपेश चन्द पक्राउ परेका छन् । उनी ५ ग्राम लागुऔषधसहित विहिबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बादीलाई रेक्सोजेसिक एक सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन एक सय ५८ एम्पुलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend