१६ जेष्ठ २०८०, मंगलबार

एमालेको सिंग फुकाल्छु भनेर हिनेकाले आफैं सिङ्ग फुक्लिएर थला परे : अध्यक्ष ओली

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार ५:१८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले २०६४ सालमा त्रासकै कारणले १२० सीट ल्याएको दाबी गरेका छन् ।

पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘माओवादीको २०६४ को निर्वाचनमा २४० मध्ये १२० सीट आयो । त्यसबेला माओवादीले मान्छे कुट्नु र मार्नुबाहेक केही गरेको थिएन । हामीले शान्ति प्रक्रियामा हामीले ल्यायौं। हामीलाई दिनुपर्ने मत माओवादीलाई दिए कहिलेकहिँ यस्तो हुन्छ । आतंक र त्रसित मनस्थितीले काम गर्छ ।’

एमाले भावनामा बगेर नभए गन्तव्यमा तय गरेर संगठनको बलमा अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘माओवादीले १२० सीट ल्याउँदा हामी ३३ सीटमा झरेका होइनौं। केही घोप्टेधाक लगाउने घोप्टे बुद्धि भएकाहरुले बिगारेर अलिक आन्दोलनलाई क्षति पुर्याए ।’

उनले माधव नेपाललाई लक्षित गर्दै अस्तिको निर्वाचनमा एमालेको सिंग फुकाल्छु भनेर हानेकाले आफैं सिङ्ग फुक्लिएर थला परेको टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend