१६ जेष्ठ २०८०, मंगलबार

रेशमलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिले किन पठाए फिर्ता ?

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार ५:०५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता गरेको छ । शुक्रबार राष्ट्रपति कार्यालयले रेशम चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो ।

टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई सरकारले आममाफी दिने प्रक्रिया अनुरुप बुधबार गृह मन्त्रालयमार्फत प्रस्ताव राष्ट्रपति कार्यलय पठाएको थियो । तर, कानुन नपुगेको देखिएकाले भन्दै गृह मन्त्रालयमा फाइल फिर्ता गरेको हो ।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

२०७२ भदौ भदौ ७ गते कैलालीको टीकापुर घटनामा अदालतमा दोषी ठहर भइ चौधरीले जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने सरकारले तयारी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend