२६ जेष्ठ २०८०, शुक्रबार

संसद् अवरोधमै ओलीले पाेखे प्रधानमन्त्रीसँग आक्रोश

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार १:३९

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् अवरोध गरेको छ ।

एमाले सांसदहरुले नाराबाजी गर्दा अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओली पनि उभिएर रोष्ट्रमनजिक पुगेका थिए। सो क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आक्रोश पोखेका देखिन्छ ।

प्रधानमन्त्री दाहालकै दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल (राजन) ले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो । एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend