२६ जेष्ठ २०८०, शुक्रबार

कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार १:२९

काठमाडौं । मीन विश्वकर्मा नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

अब पार्टी प्रवक्ताको अनुपस्थितिमा विश्वकर्मामार्फत पार्टीका गतिविधिहरु आम जनमानस र मिडियामा सम्प्रेषण हुने कांग्रेसले जनाएको छ।

पार्टीका २८ वटा विभाग मध्ये प्रचार विभाग एउटा हो र देउवाले विभागमा गरेको यो पहिलो नियुक्ती हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend