२६ जेष्ठ २०८०, शुक्रबार

इमरान खानलाई लाग्यो विदेश जान प्रतिबन्ध

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार १०:४५

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई विदेश जान प्रतिबन्ध लागेको छ ।

अब उनीहरू देश छोडेर जान पाउने छैनन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरानको नाम ‘नो फ्लाई लिस्ट’ मा परेको छ ।

अल कादिर ट्रस्ट मुद्दामा इमरानलाई मे ९ मा पक्राउ गरिएको थियो । त्यसपछि देशमा चरम हिंसा भयो र सो हिँसामा ८ जनाको मृत्यु भएको थियो । इमरानका समर्थकहरूले सेनाको बेसमा आक्रमण गरेका थिए र  जिन्ना हाउस समेत जलाइएको थियो ।

इमरानविरुद्ध आतंकवाद विरोधी ऐन सहित करिब १ सय ४० वटा मुद्दा दर्ता छन् । सेनाले पनि इमरानलाई मे ९ मा भएको हिंसाको मास्टरमाइन्ड मानिरहेको छ । यसअघि उनीविरुद्ध बलियो प्रमाण संकलन भइरहेको छ । यही कारणले खान–बुशरासहित ६ सय जनाको नाम नो फ्लाई लिस्टमा राखिएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend