काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले चिनिया कम्युनिष्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता गरेको छ।
चीन भ्रमणमा रहेको निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टीको प्रतिनिधि मण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको हो।
उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि सामूहिक भेटवार्ता भएको सीपीसीले जनाएको छ। जनाएका छन्। उनीहरुबिच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो।
भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदार समेत भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्याएको सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए।