२६ जेष्ठ २०८०, शुक्रबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार ८:३०

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि बिनिमय दर सार्वजनिक गरेकाे छ ।

जसअनुसार बिहिवारको तुलनामा शुक्रवार अमेरिकी डलरकाे बिनिमय दरमा केही गिरावट आएको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३० रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.९८ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९  रुपैयाँ रहेको छ ।

साथै, साउथ कोरियन वन १०० को खरिददर ९.९५ रुपैयाँ  छ भने बिक्री दर १० रुपैयाँ  छ भने क्यानेडियन १ को खरिददर ९७.१३  र बिकी दर ९८.५७ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend