२६ जेष्ठ २०८०, शुक्रबार

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार ८:१२

काठमाण्डाै ।  मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

मलेसियामा हुने पाँच टी–२० खेलको शृङ्खलाका लागि मुख्य प्रशिक्षक सामसङजंग थापाले बिहीबार रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

मलेसियामा हुने  शृङ्खलाका लागि घोषणा भएको टोलीमा तीन जना नयाँ खेलाडी समेटिएका छन् ।

सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । नेपालले रुविना क्षेत्रीको कप्तानीमा १४ जना रहेको टोली घोषणा गरेको हो । नेपालले मलेसियामा पहिलो खेल जेठ १५, दोस्रो खेल जेठ १६, तेस्रो खेल जेठ १८, चौथो खेल जेठ २० र पाँचौँ तथा अन्तिम खेल जेठ २१ गते खेल्नेछ ।

नेपालको टोलीमा (कप्तान) रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend