कांग्रेस प्रवक्ता शर्माकी छोरी स्वीकृतिको ‘मिसले सोध्नु भो’ सार्वजनिक

लेखाजोखा न्युज
३ बैशाख २०७८, शुक्रबार १२:३५

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्वीकृति शर्माको स्वरमा रहेको ‘मिसले सोध्नु भो’ बोलको गीत सार्वजनिक भएको छ ।

स्वीकृतिकै शब्द संकलन रहेको गीतमा प्रवक्ता शर्माको संगीत रहेको छ । स्वीकृतिको रेकर्ड भएको यो पहिलो गीत हो । उनले यसअघि धेरै गीतको कभर गाइसकेकी छिन् ।

‘मिसले सोध्नु भो’ गीतको भिडियोमा स्वीकृतिसँगै गीता रिजाल, शारदा लुइँटेल, गोपाल घिमिरे, अन्विक्ष कटुवाललगायतको अभिनय रहेको छ ।

नवल नेपालको निर्देशनमा बनेको भिडियोलाई मदन काश्यप घिमिरेले खिचेका हुन् भने भिडियो सम्पादन जीवन थापाले गरेका छन् ।

म्युजिक भिडियो ‘विश्वप्रकाश शर्मा अफिसियल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।