२६ जेष्ठ २०८०, शुक्रबार

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

लेखाजोखा न्यूज

११ जेष्ठ २०८०, बिहिबार ८:२२

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्।

अखिल नेपालफुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

जसअनुसार च्यासल मैदानमा मनाङ मर्स्याङ्दी र चर्च ब्वाईज बीच प्रतिस्पर्धा हुनेछ  । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

उता, एन्फा कम्प्लेक्समा हुने खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । सो खेलमा सातदोबाटो र फेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend