२६ जेष्ठ २०८०, शुक्रबार

टेलिकममा कर्मचारी माग भन्ने सूचना गलत, भ्रममा नपर्न टेलिकमको अनुरोध

लेखाजोखा न्यूज

११ जेष्ठ २०८०, बिहिबार ७:२८

काठमाडौं ।  केही दिनयता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न विज्ञापन खोलिएको भन्दै समाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण भइरहेको भन्दै नेपाल टेलिकमले त्यस्ता सुचनाको भ्रममा नपर्न अनुरोध गरेको छ ।
पछिल्लो समय कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत कर्मचारी आवस्यकता भन्दै प्रचार भइरहको छ ।

‘कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ,’ टेलिकम द्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend