६ चैत्र २०८०, मंगलबार

गण्डकीको अधिवेशन अन्त्यपछि प्रदीप पौडेलले भने – मुलुक सनकीको दास भएर चल्‍न सक्दैन

लेखाजोखा न्यूज

२ बैशाख २०७८, बिहिबार ३:४१

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मुलुक सनकीको दास भएर चल्न नसक्ने टिप्पणी गरेका छन् । उनले बिहीबार दिउँसो ट्विटरमा सनकीको दास भएर देश चल्न नसक्ने टिप्पणी गरेका हुन् ।

नेता पौडेलले विधि–विधान र पद्दती विपरितको मनपरितन्त्र किमार्थ स्वीकार्य नहुने पनि स्पष्ट पारेका छन् । उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेपछि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको प्रति आपत्तिसमेत जनाएका छन् ।

“काम गर्न पनि नसक्ने, अविश्वासको प्रस्ताव सुन्नै नहुने, अल्पमतमा परेपछि कोही संसद भंग गर्ने, कोही अधिवेशन अन्त्य गर्ने,” नेता पौडेलले लेखेका छन्, “अझै जालझेल गरेर कति दिन भाग्‍ने ? विधि– विधान र पद्दती केही नचाहिने यस्तो मनपरीतन्त्र किमार्थ स्वीकार्य हुँदैन । एउटा सनकीको दास भएर यो देश चल्न सक्दैन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend