निर्देशक मुकुन्द भट्टले ‘एक्स नाइन’ चलचित्र निर्माण गर्ने

लेखाजोखा न्युज
२ बैशाख २०७८, बिहीबार १४:५७

काठमाडौं । चलचित्र निर्देशक मुकुन्द भट्टले ‘एक्स नाइन’ नामक चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । ‘लप्पन छप्पन’ र ’लप्पन छप्पन टु’ का निर्देशक भट्टले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् चलचित्र ‘एक्स नाइन’ बनाउने घोषणा गरेका हुन् ।

“आज विक्रम संवत् २०७८ नयाँ वर्षको हार्दिक शुभकामनासहित हामी नेपालबाट सबैभन्दा ठूलो एक्शन÷थ्रिलर चलचित्र ‘एक्स नाइन’ (लेभल वान) को घोषणा गर्दैछौं,” उनले फेसबुकमा लेखका छन् ।

‘एक्स नाइन’ (लेभल वान) भनिएको फिल्ममा कलाकारको बिषयमा कुनै जानकारी दिइएको छैन । भट्टले भनेका छन्, “कलाकारसहित बाँकी जानकारी चाहीँ वैशाख २० गते गर्नेछौं ।” महंगो बजेट भनिएको फिल्मलाई यादवप्रसाद पाठकले निर्माण गर्ने बताइएको छ ।