६ चैत्र २०८०, मंगलबार

गण्डकी प्रदेश : माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

लेखाजोखा न्यूज

२ बैशाख २०७८, बिहिबार २:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी गुरुङ सुब्बालाई दिएको समर्थन फिर्ता लिएको हो ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारलाई दिएको प्रस्ताव फिर्ता लिएको बारेमा सभामुखलाई लिखित रुपमा जानकारी गराएका छन् ।

“पृथ्वी सुब्बा गुरुङको नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नेकपा माओवादी केन्द्रको समर्थन रहँदै आएकोमा नेकपा माओवादीसँगको सहमति माननीय पृथ्वी सुब्बा गुरुङले एकपक्षीय रुपमा उल्लंघन गर्नुभएकोले आजकै मितिबाट उहाँको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँछु,” चुमानले पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend