६ चैत्र २०८०, मंगलबार

गण्डकीमा अविश्‍वासको प्रस्तावमाथि छलफल गर्न प्रदेश सभाको अधिवेशन बोलाउन समावेदन

लेखाजोखा न्यूज

२ बैशाख २०७८, बिहिबार २:०५

काठमाडौं । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव छल्‍न हठात अन्त्य गरिृको प्रदेश सभा बैठक बोलाउन विपक्षी सांसद्हरुले समावेदन गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसद्हरुले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको २४ घण्टा नबित्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन गरेका हुन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेशसभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम गण्डकी प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि प्रदेशसभाको विश्वास छैन भनि अविश्वासको प्रस्ताव पेश गरेकाले उक्त प्रस्तावमा छलफल गर्न संसद् बैठक बोलाउनका लागि समावदेन गरिएको छ ।

समावेदनमा भनिएको छ,“नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजम मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्तावित गरेका छौँ । प्रदेशसभाको चालु अधिवेशन हठात अन्त्य गरिएको हुँदा मिति २०७८–०१–०१ मा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुन नसकेको हुँदा नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको विशेष अधिवेशन बोलाउन हामी तपशीलका प्रदेशसभा सदस्यहरुले सादर अनुरोध गर्दछौँ ।”

बुधबार साँझ बसेको गण्डीकी प्रदेशको मन्त्रिपरिषद्‌को बैठकले प्रदेश सभा अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । प्रदेश प्रमुखले वैशाख १ गते बुधबार राति ११ बजेदेखि नै लागु हुने गरि प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend