६ चैत्र २०८०, मंगलबार

कोरोनाको चौथो लहर अत्यन्तै गम्भीर, दिल्लीमा विकेन्ड कर्फ्यु लगाउने घोषणा

लेखाजोखा न्यूज

२ बैशाख २०७८, बिहिबार १:५४

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा वीकेन्ड कर्फ्यु (साताको अन्तिम दिन अर्थात सप्ताहन्त) लगाउने घोषणा गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलनका क्रममा दिल्लीमा कोरोनाको चौथो लहर अन्त्यन्तै गम्भीर देखिएका र लगातार संक्रमितको संख्या बढ्दै गएका कारण कडा निर्णय लिनुपर्ने अवस्था आएको बताए ।

उनले दिल्लीबासीलाई सम्बोधन गर्दै दिल्लीमा कोभिड बेडहरुको तत्काल कुनै कमी नभएको बताए । केजरीवालले दिल्लीमा आज पनि पाँच हजारभन्दा बढी बेडहरु उपलब्ध रहेका र बेडको संख्या बढाउने प्रयास भइरहेको पनि जानकारी दिए ।

उनले भने, “साताका दौरान कामका दिन रोजगारीका लागि आवत जावत गर्नुपर्ने हुन्छ । तर, सप्ताहन्तमा अधिकांश व्यक्तिहरु म्नोरञ्जनका लागि बाहिर निस्कन्छन् । यस्तो स्थितिमा रोक्न सकिन्छ । यसबाट पर्न जाने असुविधालाई अप्ठ्यारो मान्नु भएन । यसको उदेश्य केवल संक्रमणको चेन तोड्नु हो ।”

दिल्लीका उप–राज्यपालसँगको छलफल पछि सप्ताहन्तमा कर्फ्यु लगाउने निर्णय लिइएको बीबीसीले जनाएको छ । मुख्यमन्त्री केजरीवालले सप्ताहन्तमा लगाइने कर्फ्युका दिन हुने वैवाहिक समारोहलाई कुनै प्रतिबन्ध नलगाइने र उनीहरुलाई कर्फ्यु पास उपलब्ध गराइने पनि बताए ।

उनले सपिङ मल, जिम, स्पा, अडिटोरियम बन्द राख्ने निर्देशन दिइने र सिनेमाघर ३० प्रतिशतको क्षमताका साथ चल्न सक्ने पनि बताए । यस्तै रेष्टुरेन्टमा बसेर खाने अनुमति नदिइने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend