६ चैत्र २०८०, मंगलबार

जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना र निःशुल्क स्वास्थ्य जाँच

लेखाजोखा न्यूज

२ बैशाख २०७८, बिहिबार १:४०

धादिङ । समाजसेवी डा. लक्ष्मी पन्थीले आफ्नो जन्मदिनको अवसरमा दुई हजारलाई खाना खुवाउनुको साथै निःशुल्क स्वास्थ्य परीक्षण गर्न सहयोग गरेकी छन् ।

प्रेम सागर फाउन्डेसनद्वारा विगत १० वर्षदेखि धादिङमा सञ्‍चालित जनभोजन कार्यक्रममा डा.पन्थीले आफ्नो जन्मदिनको खर्च कटाएर दुई हजारलाई खाना खुवाएकी हुन् ।

एक दशकदेखि यहाँका बालबालिकाको शिक्षा र स्वास्थ्यस्तर उकास्‍न भूमिका खेलेको भन्दै संस्थाको कार्यलाई प्रसंशा गर्दै जनभोजनमा डा. पन्थीले एकदिन बराबर लाग्‍ने खाजा खर्च ३० हजार रुपैयाँ सहयोग गरेकी हुन् । डा.पन्थीको जन्मदिनको उपहार स्वरूप दुर्गा अधिकारीले ७ हजार, सारिश्मा सापकोटाले २ हजार विकास पनेरुले ५ सय र पुष्पा थापाले ५ सय सहयोग गरेका थिए ।

चेपाङ जातिको बाहुल्य रहेको धादिङको तसर्पूमा खेती राम्रो नहुने, बच्चाहरु पेट भर्नका लागि काममा जाँदा विद्यालय जान नपाउने भएपछि पिडित बच्चाहरूलाई राहत मिलोस् भनेर जनभोजन कार्यक्रम सुरु भएको हो ।

जनभोजनमा लाग्ने खर्च सहोयोगीहरुले जन्मदिन, विवाह लगायत का पर्वहरूमा दान दिएको र बाँकी खर्च प्रेम रावत फाउन्डेसनले सहयोग गर्ने कुरा संस्थाका म्यानेजर भोला राउतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend