सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन : प्रधानमन्त्री

लेखाजोखा न्युज
१ बैशाख २०७८, बुधबार ०८:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन् ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएको पछिल्लो अवस्थामा प्रधानमन्त्री ओलीले बुधबार नयाँ वर्ष २०७८ को अवसरमा देशबासीलाई सम्बोधन गर्दै सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका हुन् ।

उनले भने, “केहीले आजै लकडाउन हुन्छ, भोलि नै लकडाउन हुन्छ भन्दै हल्ला फैलाइएको पाइन्छ । सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन । तर, कतिपय विकसित भनिएका देशहरु महामारी फैलिएपछि लकडाउन गर्न बाध्य छन् ।”

उनले सतर्कताको विधिबाट कोरोनालाई फैलिन नदिन र परिस्थितिलाई त्यहाँ नपुर्‍याउन आग्रह गरेका छन् ।

उनले भने, “उनले सर्तकताको विधिबाट कोरोना नियन्त्रण आउन नसकेको अवस्थामा लकडाउनमा जान सक्छ भनेको छ । कसैले यसलाई धम्की दियो भने । म धम्की दिने हैसियतामा छैन र उचित ठान्दिन । परिस्थिति बिग्रियो भने त्यहाँ पनि पुग्‍न सक्छ भनेको हुँ । हामी सतर्क बनेर अगाडि जानु आवश्यक छ ।”