काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नि:शुल्क स्वास्थ्य, शिक्षासँगै व्यवस्थित तथा सर्वसुलभ यातायात र सञ्चारसँगै उद्यमशीलतासहितको रोजगार जनताको अधिकार भएको बताएका छन्।
नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय समितिले चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले आजको आवश्यकता नि:शुल्क स्वास्थ्य, शिक्षा र उद्यमशीलतासहितको रोजगार नै भएको बताए।
‘हामी समृद्धि र सुशासनको कुरा गरिरहेका छौं। त्यसका लागि आवश्यक पर्ने सूचक के-के हुन् भन्नेतर्फ हाम्रो ध्यान जान सकेको छ कि छैन? प्रमुख कुरा हो। मैले माथि भनेका कुरा जनताका नैसर्गिक अधिकार हुन्। हामीले जनताका अधिकारको प्रत्याभूति नगराउँदासम्म सुशासन र समृद्धिको जतिसुकै रटान लगाउँदा पनि केही हुँदैन,’ उनले भने।
यसका साथै देश बनाउने जिम्मा कुनै एक व्यक्तिकोमात्र नभएको बताउँदै उनले प्रत्येक मानिस राष्ट्र र राष्ट्रियताको सवालमा गम्भीर हुनुपर्ने औंल्याए। ‘नेपाल निर्माण गर्ने जिम्मा एक व्यक्तिकोमात्र होइन। त्यसमा विद्यार्थी, जनता सबैको हातेमालो आवश्यक छ। देश बनाउन सबैभन्दा पहिला जनताको सहयोग चाहिन्छ,’ उनले भने।
उनले विद्यार्थीको काँधमा पढ्नेमात्र नभएर देशको जिम्मेवारीसमेत रहेको बताए। युवा पुस्ता देशप्रति गम्भीर नहुँदा मुलुकले नकारात्मक परिणाम भोग्ने उनको भनाइ थियो। ‘हामी सबै देश बनाउने कुरामा गम्भीर हुनुपर्छ। कसैले गलत गर्दा सच्याउन सुझाव दिइहाल्नुपर्छ। विद्यार्थी भनेको त देशको थप शिक्षित जनशक्ति हो। उ त गम्भीर हुनैपर्छ,’ उनले भने ।
समयको माग अनुसार शिक्षालाई उत्पादन र स्वरोजगार संग जोडन सकेमात्र युवा पलायन रोकिने कुरामा जोड दिदै महरले कृषि प्रधान देशमा वार्षिक रुपमा करिव तिन खर्व बढीको कृषिजन्य वस्तु आयात हुनु दुर्भाग्य भएको बताउनु भयो ।
नेपालको शैक्षिक लगायत सवै सकारात्मक परिवर्तन कासवालमा नेपाली काँग्रेस पार्टीको अहम योगदान रहेको कुरामा जोडदिदै वहाँले वर्तमान सरकारका सवै कदममा गठवन्धनको सव भन्दा ठुलो दल काँग्रेसको सहभागिता रहेको छ ।