५ असोज २०८०, शुक्रबार

पोर्चुगलमा सुतेकै ठाउँमा मृत भेटिए नेपाली युवक

लेखाजोखा न्यूज

७ जेष्ठ २०८०, आइतबार १:३८

लिस्बन ।  वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवकको मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा मृत्यु भएको हो।

साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृत भेटिएको अध्यक्ष अधिकारीले बताए।

साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए। उनले शव पठाउनका लागि रकम संकलन शुरु गरिएको भन्दै सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग आग्रह गरे। रासस

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend