५ असोज २०८०, शुक्रबार

बेलायतमा नेपाली श्रमिककाे शोषण

लेखाजोखा न्यूज

४ जेष्ठ २०८०, बिहिबार ७:५८

काठमाडौ। बेलायतमा मौसमी श्रमिकका रूपमा कार्यरत नेपाली लगायतका आप्रवासी श्रमिकमाथि चरम शोषण भएको भन्दै सरोकारवाला संस्थाहरूले विरोधको आवाज उठाउन थालेका छन् ।

आप्रवासी श्रमिकको अधिकारको क्षेत्रमा क्रियाशील संस्था सामाजिक न्यायका लागि कानुनी मञ्च (नेपाल), शरणार्थी तथा आप्रवासी आन्दोलन अनुसन्धान एकाइ (बङ्गलादेश) आप्रवासीहरूको कल्याणका लागि संयुक्त परिषद्, बेचबिखनविरुद्ध र शोषण अनुुगमन एकाइलगायतका प्राज्ञिक तथा अनुसन्धान गर्नेसहितका आधा दर्जनभन्दा बढी सरोकारवाला संस्थाले बेलायतमा श्रमिकमाथि भएको शोषणको विरोध गरेका हुुन् ।

ती संस्थाले विभिन्न देशबाट मौसमी श्रमिकका रूपमा बेलायत जाने विभिन्न देशका आप्रवासी श्रमिकले जाने बेलामा नै चर्को शुल्क तिर्न परेको र बेलायत पुगिसकेपछि पनि बाध्यकारी श्रम गर्न बाध्य पारेको भन्दै बेलायत सरकारको ध्यानाकर्षण गराएका छन् । ती संस्थाले संयुक्त रूपमा बेलायत सरकारलाई पठाएको पत्रमा मौसमी श्रमिकका रूपमा बेलायत जाने आप्रवासीले हजारौँ पाउन्ड शुल्क तिर्न परेको र बेलायतमा पनि श्रमिकहरू बाध्यकारी श्रममा परेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend