काठमाडौं । बलिवुड चलचित्रले अफिसमा एक हप्तामा कति कमाई लिन सफल भयो भनेर निकै चर्चा हुने गरेको पाइन्छ । तर, पछिल्लो समय बलिउडमाथि दक्षिण भारतीय चलचित्र हाबी हुँदा बलिउडको बजारलाई निरन्तर धक्का पुगिरहेको छ ।
अहिले अपत्यारिलो रुपमा एदक्षिण भारतकाे एउटा मलायालम फिल्मले भने बक्स अफिसमा झन्डै १ सय करोडको हाराहारीमा कमाई गरिरहेको छ।
एउटा वास्तविक घटनालाई पर्दामा उतारिएको चलचित्र ‘२०१८, एभरीवान इज अ हिरो’ नामक मलयालम चलचित्रले अकल्पनीय रुपमा ग्रस कलेक्सन गरे पछि यसको तारिफ गर्नेहरु दिन प्रतिदिन बढेका छन् । र, सो फिल्म हेरे पछि फिल्म क्रिटिक्सहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् ।
‘२०१८ः एवरीवन इज ए हीरो’ विश्व भरीका फिल्म घरहरूमा धुम मच्चाउन सफल भएको हो । फिल्म बजारमा आएको ९ दिनमा नै मलायालम भाषीहरुबाट लगभग ५.६ करोडको कलेक्सन गरेको छ । मोलीवुडको इतिहासमा यो पहिलो पटक यति धेरै कलेक्सन गरेको जनाईएको छ ।
साथै, विश्वभरीवाट भने ८० करोड भन्दा बढीको कमाई गरिसकेका छ र पब्लिक माउथ प्रोमोसनका कारण झन्डै १०० करोडको हाराहारीमा यसले कमाई गर्ने जनाईएको छ । यो फिल्म जूड एन्थनी जोसेफले निर्देशन गरेका हुन ।
लगभग १२ करोड रुपैँयामा निमार्ण भएको चलचित्रले १ सय करोड बराबर कमाई गरे पछि यसको झन चर्चा परिचर्चा सुरु हुन थालेको छ । यो फिल्म केरलामा गएको एउटा बाढीको घटनामा आधारित रहेको छ ।