काठमाडौं । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा योगेश रावलको प्यानल विजयी भएको छ ।
बुधबार भएको निर्वाचनमा प्रेस युनियन नेतृत्वको गठबन्धनका उम्मेदवार रावलले प्रेस चौतारी (ओली समूह) का उम्मेदवार कृष्ण ओलीलाई पराजित गरेका हुन् ।
बुधबार भएको मतदानमा कुल एक हजार ६५ मत खसेको थियो । अध्यक्षमा उम्मेदवार रावलले ७५६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी ओलीले २५२ मत प्राप्त गरेका हुन् ।
त्यसैगरि वरिष्ठ उपाध्यक्षमा योगेन्द्र बलायर, महासचिवमा राम सिंह ठगुन्ना, सचिव समावेशीमा प्रेम चुनारा, सचिवमा हरिप्रसाद जोशी र कोषाध्यक्षमा रामबहादुर धामी विजयी भएका छन् ।