पत्रकार महासंघ चीतवनको अध्यक्षमा युनियनका नारायण अधिकारी निर्वाचित

लेखाजोखा न्युज
२६ चैत्र २०७७, बिहीबार १२:३०

चितवन । नेपाल पत्रकार महासंघ चितवनको अध्यक्षमा नेपाल प्रेस युनियन नेतृत्वको गठबन्धनले जित हासिल गरेको छ । २४ वर्षपछि युनियनको नेतृत्वमा नारायण प्रसाद अधिकारी जित हासिल गरेका हुन् ।

बिहीबार बिहान सम्पन्‍न मतगणनामा निकटम प्रतिद्वन्द्वी प्रेस चौतारी चितवनका उम्मेद्वार तिलक रिमाललाई पराजित गरेका हुन । अध्यक्ष अधिकारीले १४६ मत प्राप्त गरे भने निकटम प्रतिद्वन्द्वी तिलक रिमालले ११२ मत प्राप्त गरे । अर्का अध्यक्षका उम्मेद्वार सूर्य प्रकाश कँडेलले ४ मत प्राप्त गरे ।

यसैगरि महासंघको खुल्ला उपाध्यक्षमा युनियन नेतृत्वकै गठबन्धनका उम्मेद्वार प्रकाशमणि ज्ञवाली निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा प्रेस युनियनकी प्रमिता ढकाल निर्वाचित भइन् । त्यसैगरि महासंघको सचिवमा भने प्रेस चौतारी नेतृत्वको गठबन्धनका उम्मेद्वार दीपेन्द्र अधिकारी निर्वाचत छन् ।

त्यस्तै महासंघको समावेशी सहसचिवमा गठबन्धनका उम्मेद्वार उर्गेन तामाङ भारी मतान्तरले विजयी भए भने खुल्ला सहसचिवमा भने चौतारीका आनन्द पोखरेल निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा युनियन नेतृत्वको गठबन्धनका उम्मेद्वार राजेन्द्र आचार्य निर्वाचित भएका छन् । त्यसैगरि कार्य समिति सदस्यहरुमा गठबन्धनका उम्मेद्वारहरु शोभा पुडासैनी, एलिना पोख्रेल (प्रिति), तुलमान गुरुङ, अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुंगाना, विप्लव काफ्ले, सरिता पौडेल, विवेक पोखरेल, ज्ञानेन्द्र तामाङ विजयी भएका छन् ।

चौतारी नेतृत्वको गठबन्धनकी उम्मेद्वार मिडिया नेपाल चितवनकी अध्यक्ष समिक्षा पुरी (१३०) विजयी भइन् । उनी चौतारी नेतृत्वको गठबन्धनबाट सदस्यमा विजयी हुने एक्लो उम्मेद्वार बनिन् ।