राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले लगाए कोरोनाविरुद्धको खोप

लेखाजोखा न्युज
२५ चैत्र २०७७, बुधबार १९:२२

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तयारीमा रहेको नेपाली क्रिकेट टोलीका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले नेपाल क्रिकेट संघ (क्यान) को पहलमा खोप लगाएका हुन् ।

बुधबार ओम अस्पतालमा २० खेलाडी र १ फिजियो गरि २१ जनाले खोप लगाएका छन् । नेपालले घरेलु मैदानमा बैशाख ४ गतेबाट नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ ।

बैशाख ११ गतेसम्म चल्ने प्रतियोगिता डबल राउण्ड रोबिनको आधारमा हुने छ । सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।