आईसीसीको डेभलपमेन्ट अवार्ड क्यानलाई

लेखाजोखा न्युज
२४ चैत्र २०७७, मंगलवार १७:२९

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)लाई डेभलपमेन्ट अवार्ड प्रदान गरेको छ । नेपालसँगै नामिविया, अर्जेन्टिना, भानुआतु र इटलीले आईसीसीले प्रदान गर्ने डिभलपमेन्ट इनिसएयटिभ अफ दि इयरको अवार्ड पाएका हुन् । नेपालले एसिया क्षेत्रबाट अवार्ड पाएको हो ।

कोरोना कहरका बेला पनि क्रिकेट विकासका लागि पहल गरेको भन्दै आईसीसीले नेपालसहित पाँच राष्ट्रलाई अवार्ड प्रदान गरेको जनाएको छ ।

क्षेत्रीय अवार्ड विजेता नेपालसहित पाँच राष्ट्र आईसीसी ग्लोबल अवार्डका लागि समेत छनोट भएका छन् । आईसीसीले ४ ग्लोबल अवार्ड विजेताको घोषणा भने अप्रिल २० मा घोषणा गर्ने छ ।