मेयर कप महिला टी–ट्वान्टी क्रिकेट : एपीएफ विजयी

लेखाजोखा न्युज
२४ चैत्र २०७७, मंगलवार १६:२८

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेटमा विभागीय टोली एपीएफ क्लबले जित दर्ता गरेको छ । लितपुर मेयर्स–११ लाई १० विकेटले पराजित गर्दै एपीएफले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई १० विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । ललितपुरले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
एपीएफको जितमा राजमती ऐरीले अविजित रहदै ३३ रन जोडिन । इन्दु बर्मा २८ रनमा अविजित रहिन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । ललितपुरका लागि कन्चन श्रेष्ठले सर्वाधिक १७ कप्तान सरस्वती चौधरीले १२ रन बनाईन् । यस्तै सन्तोषी चौधरी १३ रनमा अविजित रहिन्। अनुराधा चौधरी ८ रनमा आउट भईन् ।
ललितपुरलाई सस्तैमा समेट्न एपीएफकी बिना बुढाले ४ विकेट लिईन् । रेखा रावलले २ विकेट लिईन् । यस्तै कप्तान सिता राना मगर, सुमन विष्ट र करुणा भण्डारीको ले १÷१ विकेट हात पारे । जितसँगै एपीएफले ३ खेलमा ६ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।