इन्डोनेसिया र टिमोर लिस्टेमा आएको बाढी र पहिरोमा परि ५० भन्दा बढीको मृत्यु

लेखाजोखा न्युज
२३ चैत्र २०७७, सोमबार ०७:१८

जाकर्ता । इन्डोनेसियामा र टिमोर लिस्टेमा आएको बाढी र पहिरोका कारण ५० भन्दा बढीको मृत्यु भएको छ ।

आइतबार आएको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोले हजारौं घरहरु विस्थापित भएका छन् ।

उद्धारकर्ताहरुले हराइरहेका व्यक्तिहरुको खोजी कार्य अझै भइरहेका कारण मृत्यु हुनेहरुको संख्या अझै बढ्नसक्ने बताइएको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता रादित्य जातीले भने, “चार जिल्ला र सात गाउँमा असर परेको छ ।”

हालसम्म प्राप्त भएको आधिकारिक तथ्यांक अनुसार २७ जना अझै बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । – बीबीसी