बलिउड नायक अक्षय कुमारलाई कोरोना संक्रमण

लेखाजोखा न्युज
२२ चैत्र २०७७, आईतवार १०:२६

बलिउड नायक अक्षय कुमारलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

आफूलाई काेराेना संक्रमण भएकाे जानकारी अक्षयले ट्वीट गरेर बताएका हुन्। ‘म सबैलाई जानकारी गराउन चाहन्छु- आज बिहान मेरो कोभिड रिपोर्ट आयो, जसमा मलाई कोरोना पोजिटिभ देखिएको छ। सबै नियम पालना गर्दै म आइसोलेसनमा बसेको छु। होम क्वारेन्टिनमा बसेरका आवश्यक औषधि खाइरहेको छु,’ उनले भनेका छन्।

अक्षयले आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।