जोर्डनका पूर्वराजकुमार घरभित्रै नजरबन्दमा

लेखाजोखा न्युज
२२ चैत्र २०७७, आईतवार ०९:१०

जोर्डनका पूर्वराजकुमार हमजा बिन हुसेनलाई घरभित्रै नजरबन्दमा राखिएकाे छ। बिबिसीका अनुसार जाेर्डनका नेताका बारेमा विभिन्न आलोचना गरेका कारण उनी नजरबन्दमा परेका हुन्। आलाेचना पछि उनी सुरक्षा खतरामा परेकाे भन्दै नजरबन्दमा राखिएको बताइएको छ।

राजकुमार हमजा किङ अब्दुल्लाका सौतेनी भाइसमेत रहेका हुसेनले नेताहरुलाई भ्रष्टाचार र अक्षमताको आरोप लगाएका थिए।

नजरबन्द राखिएकाे विषयलाई सेनाले अस्वीकार गरेकाे छ। तर, हुसैनले एक भिडियो सार्वजनिक गर्दै जोर्डनको सैन्य प्रमुखले आफूलाई बाहिर निस्कने अनुमति नभएको जानकारी दिएका हुन्। –एजेन्सीकाे सहयाेगमा